३ जेष्ठ २०७८, सोमबार

अमेरिकामा संखुवासभालीको पिक्निक

SamayaSandarbhik
१६ बैशाख २०७८, बिहीबार ०९:४६

कोलोराडो, हरिकुमार श्रेष्ठ । संयुक्त राज्य अमेरिकाको  कोलोराडो राज्य ,  सुपेरियर सिटि  र संखुवासभा जिल्लाको  खाँदबारी नगरपालिकासंग सिस्टर  सिटी  भगिनी सम्बन्ध आधिकारिक निर्णय फ्रेवरी  ८ ,२०२१ मा भएको छ।  संखुवासभा जिल्लाको पहिलो सिस्टर  सिटी भएको  सुखद   खुसियालीमा  अमेरिकामा बसोबास गरि बस्ने संखुवासभालीहरुको उपस्थितिमा जुलाई १७ , २०२१ शनिबारको दिन सुपेरियर सिटीको  Wildflower Park  मा पिक्निक हुनेछ। 

कार्यक्रममा  सुपेरियर सिटी  र हेल्पिङ्ग हेन्ड हेल्थ एजुकेसन यु एस ए  को आयोजनमा हुने कार्यक्रममा सुपेरियर सिटीको मेयर  , सदस्यहरु,  सुपेरियर सिटी  बासीहरुलाई स्वागत गरिने कार्यक्रम  राखिएको छ।  कार्यक्रममा  सुपेरियर सिटीका मेयरले   उपस्थित अन्य सिटीका मेयर ,उच्च राजनीतिक  प्रतिनिधिहरु सुपेरियर  सिटीका बिशेष बासिन्दा र  संखुवासभालिहरुलाई सम्बोधन गर्नु हुनेछ।  सुपेरियर सिटी र  खाँदबारी नगरपालिका सिस्टर  सिटी समितिको अध्यक्ष नारायण श्रेष्ठसंग  एप्रिल २५ ,२०२१ मा भएको भेटघाट कार्यक्रममा जानकारी गराउनु भएको  सो भेटघाटमा संखुवासभा कम्युनिटी अफ युएसएको अध्यक्ष श्रीमती शान्ति श्रेष्ठ , महासचिब हरिकुमार श्रेष्ठ , कोषाध्यक्ष कर्म तेञ्जिङ्ग भोटिया , सचिब पदमराज तामांग र कर्म  ज्यामु भोटिया फाउन्डेसनको सस्थापक श्रीमती ज्यामु भोटियाको उपस्थिति रहेको छ।

पिकनिक कार्यक्रम सम्बन्धि कार्य तालिका पछि  जानकारी गराइने र विभिन्न राज्यको शहरमा बसोबास गरि बस्ने संखुवासभा अमेरिकाबासी महानुभाबहरुलाई कोलोराडोमा उपस्थितिको लागि र अमेरिकाकोको रमणीय पर्यटकीय क्षेत्र रकी  माउण्टेण्ट  समरमा परिवार सहित घुमफिरमा आउन समेत  अनुरोध गरिएको छ।

प्रतिक्रिया : थप