२ असार २०७८, बुधबार

अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहन्छौँ : रुस

SamayaSandarbhik
२२ जेष्ठ २०७८, शनिबार १०:०४

काठमाडौँ । रुसले अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आउँदाे महिना अमेरिकी समकक्षी जो बाइडेनसँग हुने शिखर सम्मेलनमा दुई देशबीचको सम्बन्ध सुधारका लागि छलफल हुने बताउनु भएको हो ।

दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला रुसले आउँदाे दिनमा अमेरिकासँग मिलेर अघि बढ्न चाहेको उहाँले बताउनुभयो । रुसका विपक्षी नेता एलेक्से नाभाल्नीलाई पक्राउ गरी अनावश्यक यातना दिएको भन्दै अमेरिकाले पुटिन सरकारको आलोचना गरेको थियो ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको र ह्याकरहरुले साइबर आक्रमण गरेको लगायतका घटनामा पनि रुसको संलग्नता रहेको अमेरिकाले आराेप लगाए पनि दुई देशबीचको सम्बन्ध बिग्रँदै गएको थियो ।

प्रतिक्रिया : थप