३ जेष्ठ २०७८, सोमबार

आजदेखि आन्तरिक हवाई उडान सेवा बन्द

SamayaSandarbhik
२० बैशाख २०७८, सोमबार ०९:५८

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि आजदेखि आन्तरिक हवाई उडान सेवा बन्द गर्ने भएको छ । कोरोना संक्रमितको संख्यामा दिन प्रतिदिन उल्लेख्य वृद्धि भएपछि सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । 

सोमबार रातिदेखि आन्तरिक र बुधबारबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी गराएका हुन् । आवश्यक पर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने हुने बताईएको छ । 

प्रतिक्रिया : थप