२ असार २०७८, बुधबार

उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा

SamayaSandarbhik
१९ जेष्ठ २०७८, बुधबार १४:२३

काठमाडौँ ।  उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले  निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो। 

kumari-bank

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो। जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ। 

तर,  किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्। 

यस्तै, विकास निर्माणको काम खुला गरिएको छ। तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ। दिउँसो लेबर राखेर काम गर्न दिइने छ। 

उनका अनुसार यातायातमा पुरानै नियम यथावत् छ। निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

पुस्तक पसल खोल्दा पुस्तक किन्ने बहानामा धेरैको हिँडडुल हुने भएकोले यस्तो निर्णय गर्न नहुने विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहमत रहेको निरौलाले जानकारी दिए ।

‘पुस्तक किन्ने बाहानामा मान्छेको भिड बढ्न सक्छ, त्यसैले पुस्तक पसल खोल्ने तयारी छैन ।’ निरौलाले भने ।

यसअघि जारी गरिएको कडा खालको निषेधाज्ञा बिहीबार राति १२ बजेसम्म लागू हुन्छ। त्यसपछि नयाँ नियम कार्यान्वयनमा आउने छ।

प्रतिक्रिया : थप