३ जेष्ठ २०७८, सोमबार

औषधि र खाद्यबाहेक सबै पसल बन्द रहने

SamayaSandarbhik
१३ बैशाख २०७८, सोमबार २०:५६

काठमाडौं । काठमाडौंमा एकसाताको निषेधाज्ञाको अवधिमा औषधि र खाद्य पसलबाहेकका सबै पसल बन्द गरिने भएको छ ।

खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्रीहरुका पसल व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला गर्ने निर्णय गरिएको छ । 

डिपार्टमेन्ट स्टोरको हकमा भने ग्रोसरी कक्षमात्रै बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने आदेश जारी भएको छ । 

प्रतिक्रिया : थप