३ जेष्ठ २०७८, सोमबार

काठमाडौँको ठमेल स्थित सोह्रखुट्टेमा मिठो खाजा घर संचालनमा

SamayaSandarbhik
११ बैशाख २०७८, शनिबार १९:०४

काठमाडौँ । काठमाडौँको ठमेल स्थित सोह्रखुट्टेमा मिठो खाजा घर संचालनमा आएको छ । युवाहरुको समुहले देशमै केहि गरौ भनेर उक्त अनलाइन खाजा घरको संचालनमा ल्याएको हो ।

शुरुमा थोरै लगानीमा संचालन गरेता पनि भबिस्यमा लगानीको दाएरा बढाउने संचालक रिना चाकुबजिले समय सान्दर्भिकलाई जानकारी गराउनु भयो ।

मिठो खाजा घर नाम राखेर संचालनमा ल्याएको उक्त अनलाइन खाजा घरले काठमाडौँको जुनसुकै स्थानबाट अनलाइन अडर आएमा सबै ठाउमा खाजा पुर्याउने जानकारी गराएको छ ।

उक्त मिठो खाजा घरमा मम, चाउमिन , पिजा ,चापति , नेपाली खाना , चतामारी , योमरी , छोइला , बर्गर , काटी रोल , बारा ,नेवारी बजी सेट र सेल आदि पाइने छ ।

प्रतिक्रिया : थप