२ असार २०७८, बुधबार

कोरोनाले अस्वस्थ बनाएपछि पूर्व डिआईजी रमेश खरेल प्रहरी अस्पतालमा भर्ना

SamayaSandarbhik
२ जेष्ठ २०७८, आईतवार २१:१५

काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआईजी तथा हाम्रो नेपाल सुशासन अभियानका संयोजक रमेश खरेल कोभिड -१९ को संक्रमणबाट अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

खरेललाई एक साता अघि कोरोना संक्रमण  पुष्टि भएको थियो । खरेलको स्वास्थ्यमा समस्या देखिएपछि तीन दिन अघि उनी नेपाल प्रहरी अस्पतालमा भर्ना भएका थिए ।

प्रहरी अस्पतालका एक चिकित्सकका अनुसार फोक्सोमा समस्या देखिएका कारण खरेललाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। खरेललाई हिजो  प्लाज्मा थेरापी दिएर उपचार गरिएको थियो । खरेलको स्वास्थ्यमा आजबाट क्रमिक सुधार आएको र उनी खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया : थप