३ असार २०७८, बिहीबार

कोरोना महामारीविरूद्ध प्रधानमन्त्री इमान्दार भएर लाग्ने हो भने साथ दिन तयार छौं: गगन थापा

SamayaSandarbhik
२ जेष्ठ २०७८, आईतवार ०९:५१

काठमाडौँ । नेपाली  कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ‌ओली इमान्दार रूपमा कोरोना महामारीविरूद्ध काम गर्ने हो भने आफूहरूले सहयोग गर्ने बताएका छन्। महामारीसँगै लडिरहेका नेपालीका ज्यान जोगाउनलाई प्रधानमन्त्री ओली लाग्ने हो भने आफूजस्ता कयौंले साथ दिने उनको भनाइ छ।

प्रधानमन्त्रीले सबै ध्यान र समय कोरोना महामारीविरूद्ध लगाएमा सरकारलाई सफल बनाउन सबैले सहयोग गर्ने पनि उनले बताए। योपटक फरक ढंगले काम गरौं। अक्सिजन नपाएर छटपटाएकालाई सास दियौं र आर्यघाट पुग्ने शवलाई घटाउने काम गरौं। महामारीविरूद्ध मिलेर काम गरौं,’ उनले भने।

थापाले एक भिडिओ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीलाई उद्घाटन र शिलान्यास तथा पार्टीभित्रका विवाद केही दिनलाई छाडेर महामारीविरूद्ध समय दिन पनि आग्रह गरेका छन्। प्रधानमन्त्रीका विचार र कामबारे थुप्रै असहमति भए पनि महामारीका बेला सँगै काम गर्न चाहेको थापाको भनाइ छ।

प्रतिक्रिया : थप