३ जेष्ठ २०७८, सोमबार

कोरोना संक्रमितबाट भारतीय पत्रकारको निधन

SamayaSandarbhik
१७ बैशाख २०७८, शुक्रबार १८:५२

एजेन्सी । भारतीय टिभी आजतकको वरिष्ठ पत्रकार रोहित सरदानाको कोरोनाबाट निधन भएको छ । उनको मृत्यु हृदयको गति रोकिनुको कारणले भएको भारतीय मिडियाले जानकारी दिएको छ । उनको ४२ वर्षको उमेरमा निधन भएको हो । 

रोहित एक हप्ता अगाडी कोरोना संक्रमित पुष्टि भएका थिए । केही दिन अघिसम्म उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको थियो ।

प्रतिक्रिया : थप