२ असार २०७८, बुधबार

क्योकुसिन सेइसान कराते खेलाडी बज्राचार्यको निधन

SamayaSandarbhik
२१ बैशाख २०७८, मंगलवार २१:१४

काठमाडौं । नेपाल क्याेकुशिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद वज्राचार्यको मंगलबार निधन भएको छ । उनको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको हो । उनी नेपाल फूल कन्ट्याक्ट कराँते महासंघका वरिष्ठ उपाध्यक्ष समेत हुन्

वैशाख १६ गते कोरोना संक्रमित भएपछि बज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था खराब बनेपछि १९ गते थप उपचारका लागि उनलाई नेपाल एपीएफ अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।

बज्राचार्यले सन् १९८२ मा सिंगापुर र १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । इन्डोसिनामा उनले कास्य पदक जितेका थिए । विभिन्न राष्ट्रिय/अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली झन्डाको प्रतिनिधित्व गर्दै बज्राचार्यले राष्ट्रको शान उचो बनाएको अन्तराष्ट्रिय खेलाडी जनक बर्तौलाले बताए । बज्राचार्यको निधनले नेपाली खेल जगतका अपुरणीय क्षति भएको अन्तराष्ट्रिय खेलाडी उमेश गुरुङले बताए । साथै नेपाली कराँते विधाले एक कुशल अभिभावक गुमाएको गुरुङले बताए ।

२०३९ सालदेखि क्योकुसिन कराँते खेल्न थालेका बज्राचार्य दुई पटक आफ्नो तौलसमूहमा राष्ट्रिय च्याम्पियन बनेका थिए । बज्राचार्यको २०१२ साल वैशाख २६ गते ललितपुरको सातदोबाटोमा जन्म भएको थियो । स्वर्गीय बज्राचार्यका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया : थप