२ असार २०७८, बुधबार

गंगा कार्की ‘ बिश्व ’ द्वारा लिखित “दुसाध्य जनयुद्द“ पुस्तक सार्वजनिक

Samaya Sandarbhik
२ फाल्गुन २०७७, आईतवार १६:३०

काठमाडौं । गंगा कार्की बिश्व द्वारा लिखित किताव “दुसाध्य जनयुद्द“ पुस्तक सार्वजनिक गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै आँखा अगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ । जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ,’ जनयुद्धकालीन पलहरु सम्झिँदै नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावुक बने ।

फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा गंगा कार्की बिश्व द्वारा लिखित किताव “दुसाध्य जनयुद्द“ पुस्तक सार्वजनिकको क्रममा सम्बोधन गर्दै उनी भावुक बनेका हुन् ।

जनयुद्धमा आफू पनि थोरैले बाँचेको बताउँदै अध्यक्ष प्रचण्डले सहिदका सपना कुल्चिने प्रयास भइरहेको दृश्य सहन नसक्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि खेलवाडसँगै सहिदका सपना कुल्चिने प्रयास गरिरहेको अध्यक्ष प्रचण्डले आरोप लगाए ।

साथै, प्रधामन्त्री ओलीले चालेको कदमविरुद्ध आफू मर्नबाट नडराउने उनले बताए ।

प्रतिक्रिया : थप