३ असार २०७८, बिहीबार

चीनबाट ८ लाख डोज खोप काठमाण्डौ आइपुग्यो

SamayaSandarbhik
१८ जेष्ठ २०७८, मंगलवार १७:४४

काठमाडौँ । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये आठ लाख डोज खोप मङ्गलवार दिउँसाे काठमाण्डौ आइपुगेको छ ।  नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले पाैने २ बजे चीनको राजधानी बेइजिङबाट खोप ल्याएको हो ।

आजै बेलुकी ६ बजेपछि हिमालयन एयरलाइन्सको जहाजले कुन्मिङबाट थप एक लाख डोज खोप ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप दिने घोषणा गर्नुभएको थियो ।

चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमका अनुसार चीनले अहिले उपलब्ध  गराएको भेरोसेल खोप उच्च जोखिम समूहमा रहेकालाई उपलब्ध गराइनेछ । ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६५ वर्षमाथि नाै लाखभन्दा बढी र झन्डै साढे १४ लाख ज्येष्ठ नागरिक दोस्रो मात्रा खोपको पर्खाइमा छन् । 

प्रतिक्रिया : थप