२ असार २०७८, बुधबार

जसपाको ठाकुर समूह उपप्रधानमन्त्री सहित सरकारमा जाने

SamayaSandarbhik
२१ जेष्ठ २०७८, शुक्रबार १४:११

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुनेबारे अहिले बालुवाटारमा निर्णायक छलफल जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच अहिले बालुवाटारमा छलफल भएको उनी निकट एक नेताले जानकारी दिए । उनीहरूबीच एक सातादेखि सत्ता समिकरणबारे लगातार छलफल भइरहेको छ ।

ठाकुर निकट नेताका अनुसार ठाकुर, महतो र ओलीबीच मन्त्रालय बाँडफाटमा अझै कुरा मिलेको छैन । केही समयमै मन्त्रालय टुंगो लगाएर आजै वा भोलिसम्‍म सरकारमा सहभागी हुने ति नेताले बताए । उपप्रधानमन्त्रीसहित वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित महतोको नेतृत्वमा जसपा सरकार जाने तयारी रहेको पनि उनको जिकिर छ ।

जसपामा ठाकुर र महतो समूह ओलीलाई सहयोग गरेर सरकारमा जाने तयारी छ । तर अर्का अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराई ओलीलाई जसरी पनि हटाउने तयारी छन् ।

प्रतिक्रिया : थप