२ असार २०७८, बुधबार

जोर्डनसँग नेपाल ३-० ले पराजित

SamayaSandarbhik
२५ जेष्ठ २०७८, मंगलवार ०९:३२

काठमाडौं । जोर्डनसँग नेपाल ३–० गोल अन्तरले पराजित भएको छ । विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत कुवेत सिटीमा सोमबार राती भएको खेलमा नेपाल ३–० को गोल अन्तरले जोर्डनसंग पराजित भएको हो । जोर्डनले जितको लागि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको थियो ।

जोर्डनका लागि बाहा फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गरि दुई गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिकमार्फत गरे । जोर्डनका लागि तेस्रो गोल यजान अल अरबले गरे । 

समूह ‘बी’ मा रहेको नेपालले ७ खेलबाट दुई जितका साथ ६ अंक हासिल गरेको छ । नेपालले अब जेठ २८ गते छनोटको अन्तिम खेल अष्ट्रेलियासंग खेल्नेछ ।

प्रतिक्रिया : थप