३ जेष्ठ २०७८, सोमबार

दोलखामा ईन्जिरियरिङ कलेज खोल्न मुख्यमन्त्री पौडेल सकरात्मक

SamayaSandarbhik
१४ चैत्र २०७७, शनिबार २१:३९

काठमाडौ । समाजसेवी आत्माकृष्ण श्रेष्ठको नेतृत्वमा बागमती प्रदेशको राजधानी हेटौडा गएका टोलीले मुख्यमन्त्री डोरमणी पौडेलसंग भेटवार्ता गरेका छन् । उक्त भेटघाटको क्रममा भीमेश्वर नगरपालिका वडा नं २ दोलखा बजार स्थित जग्गामा कलेज स्थापनाको लागि एक अनुरोध पत्र हस्तातन्तरण गरेका छन् ।

उक्त भेटको अवसरमा मुख्यमन्त्री पौडेलले आफनो भनाई राख्दै कलेजलाई आवश्यक परिणाममा जग्गा व्यवस्था भएमा दोलखामा कलेज बनाउन प्रदेश अत्यन्त सकरात्मक रहेको धारणा व्यक्त गर्नु भयो । २०६७ सालमा स्थापित दोलखा इन्ष्टिच्युट अफ टेक्नोलोजीका संयोजक आत्माकृष्ण श्रेष्ठको सक्रियतामा दोलखाको सदरमुकाम चरिकोटमा भएको बृहत भेलाले दोलखामा छलफल गरि जिल्लामा ईन्जिरियरिङ कलेज खोल्ने बारे सर्बसम्मत निर्णय गरिएकोमा तत्कालिन अवस्थामा कलेज खोल्न आवश्यक जग्गा उपलव्ध नभएर कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन नसकिरहेकोमा अहिले आएर ऐतिहासिक शहर दोलखाको करण्डीमा पर्याप्त जग्गा उपलव्ध हुने बातावरण भएकोले दोलखामा कलेज खोल्ने अभियानले सार्थकता पाउन लागेकोमा आफू आशाबादी रहेको कुरा समाजसेवी श्रेष्ठ बताउनु हुन्छ ।

आफनो अत्यन्त कार्यव्यस्तता रहेको अवस्थामा पनि मुख्यमन्त्री पौडले भेटने समय दिएर आफू दश बर्ष अगाडि देखि दोलखामा इन्जिरियरिङ कलेज खोल्ने अभियानमा लागेर हालको अवस्थामा सम्म आएका कुराहरु रुचीका साथ सुन्नु भएर जग्गा व्यवस्था गर्नुस कलेज खोल्न प्रदेश तत्पर छ भन्ने कुरा बताउनु भएकोमा आफू आफनो टिम अत्यन्त उत्साहित भएको कुरा समाजसेवी श्रेष्ठले स्पष्ट पार्नु भयो ।

दोलखामा कलेज स्थापनाको उदेश्यको लागि समाजसेवी श्रेष्ठको नेतृत्वमा हेटौडा जाने टिममा ई.नहेन्द्र प्रधान , संचारकर्मी कृष्ण नारायण श्रेष्ठ र समाजसेवी शान्त श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रतिक्रिया : थप