३ जेष्ठ २०७८, सोमबार

दोलखा जिल्लामा कोरोना भाइरसको जोखिम उच्च

SamayaSandarbhik
२० बैशाख २०७८, सोमबार ०९:३३

दोलखा सम्वाददाता । दोलखा जिल्लामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १५ पुगेको छ ।जिल्ला स्वास्थ्य कार्यालय दोलखाले कोभिड -१९ पोजिटिभ केस सम्बन्धि अध्यावधिक विवरण सार्बजनिक गरि जान कारी गराइएको हो ।

उक्त कोभिड -१९ पोजिटिभ केस सम्बन्धि अध्यावधिक विवरणअनुसार भिमेश्वर नगरपालिकामा ६ , जिरी नगरपालिकामा ३, तामाकोशी गाउपालिकामा-२ , शैलुंग गाउपालिकामा -३ ,बैतेश्वर गाउपालिकामा-१ गरि १५ जना संक्रमित मध्ये पुरुष ८ र महिला ७ जना संक्रमित छन् । अस्पतालको आइसोलेसनमा ४ , होम आइसोलेसनमा ११ रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जानेको छ।

दोलखा जिल्लाको कालिन्चोक, गौरीशंकर , बिगु , मेलुंग गाउपालिकामा कोहि पनि संक्रमित नभएको उल्लेख गरिएको छ । कोरोना संक्रमित नभएको बिगु गाउपालिकामा पठनपाठन भएकोमा कोरोनाको विषम परिस्थितिको मध्यनजर गर्दै पठन पाठन रोकिएको छ।

प्रतिक्रिया : थप