२ असार २०७८, बुधबार

नवलपरासी स्थित सीजी उद्योगमा आगलागी

SamayaSandarbhik
१९ जेष्ठ २०७८, बुधबार १३:४९

नवलपरासी  । नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी समूह (सीजी)काे उद्योगमा आगलागी भएको छ ।

बुधबार बिहान साढे आठ बजे उद्योग परिसर अन्तर्गत सीजी ब्रुअरी नेपाल प्रालीको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि अहिले तीनवटा दमकल प्रयोग गरिएको छ ।

आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । आगलागी के कारणले भएको भन्ने समेत अझै खुलेको छैन ।

प्रतिक्रिया : थप