२ असार २०७८, बुधबार

निकुञ्जमा मारिएका कर्मचारीको नामबाट छावाको नाम राखियो ‘शेषचन्द्र गज’

SamayaSandarbhik
१ जेष्ठ २०७८, शनिबार ११:३०

काठमाडौँ ।  चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्धारा मारिएका कर्मचारीको नामबाट राखिएको छ । ११ दिनअघि निकुञ्जको हात्ती नारायणीकलीले जन्माएको भाले छावाको नाम शुक्रबार “शेषचन्द्र गज” राखिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७१ साल असोज ९ गते कामकै सिलसिलामा हिडेका निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीलाई तस्करले गोली हानी हत्या गरेका थिए । चौधरी ठोरीको दिवानगर पोष्टमा कार्यरत रहँदा बगइको जङ्गलमा गोली हानिएको थियो । निकुञ्जले संरक्षण शहिद घोषणा गर्नुपर्ने माग गरिरहेका चौधरीको सम्झनामा छावाको नाम राखिएको बरालले जानकारी दिनुभयो । 

नारायणीकलीले यसअघि जन्माएका दुई छावाको नाम ‘माडी गज’ र ‘लक्की गज’ राखिएको थियो । 

प्रतिक्रिया : थप