३ असार २०७८, बिहीबार

नेपाललाई कोरोना खोप दिने अमेरिकाको घोषणा : प्रधानमन्त्री ओलीले दिए धन्यवाद

SamayaSandarbhik
२० जेष्ठ २०७८, बिहीबार २२:४४

काठमाडौं । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार  बिश्वब्यापी खोप रणनीति घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप बिभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको छ । जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकले प्राप्त गर्ने छन् ।

यसमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जानेछ । बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जाने घोषणा गरिएको छ ।

एशियाका लागि छुट्याइएको ७० लाख डोज खोप नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुन्यूगिनी, ताइवान र एशिया प्यासिफिक आइल्याण्डलाई खोप दिइने घोषणा गरिएको छ ।

बाँकी ६० लाख डोज खोप क्यानडा, मेक्सिको, भारत तथा दक्षिण कोरियका साथै कोरोना महामारीसँग जुधिरहेका देशहरुलाई दिइने राष्ट्रपति बाइडेनले बताए ।

प्रतिक्रिया : थप