३ असार २०७८, बिहीबार

नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदै

SamayaSandarbhik
२५ बैशाख २०७८, शनिबार ११:२८

काठमाडौँ । नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछ। विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीको खेल दिउँसो साढे दुई बजे दशरथ रङ्गशालामा हुनेछ । यस्तै, दशरथ रङ्गशालामा नै बेलुका साढे ५ बजे  धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्ने छन्  ।

तालिकामा १० अङ्क जोडेको धनगढी शीर्ष स्थानमा छ भने बुटवल पाँच अङ्क जोडर पुछारमा छ । यस्तै, तेस्रो स्थानमा रहेको विराटनगरको सात अङ्क छ भने ६ अङ्क रहेको ललितपुर चौथो स्थानमा छ । चितवन भने प्रतियोगिताबाटै बाहिरी सकेको छ ।

प्रतिक्रिया : थप