२ असार २०७८, बुधबार

नेपा पार्टीका अध्यक्ष डा . सैजुको स्वास्थ्यमा सुधार

SamayaSandarbhik
२९ बैशाख २०७८, बुधबार २१:३७

काठमाडौँ । नेपा पार्टीका अध्यक्ष तथा बाल अधिकारवादि डा . विजयप्रकाश सैंजु अस्पताल भर्ना हुनु भएको छ । अध्यक्ष डा. सैंजु कोरोंना पोजिटिभ देखिए पछी काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना हुनु भएको थियो ।

डा .सैंजुको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । उनी एक हप्तादेखि ह्याम्स हस्पिटलमा उपचार गराइरहेका छन् । डा. सैजु रास्ट्रिय पार्टीको अध्यक्ष भईकन पनि अन्य नेता सरह राम्रो आईसीयु वेडको व्यवस्था लिई पावर पैसाको दुरुपयोग नगरी कन इमरजेन्सी मै रहेर स्वास्थ्य लाभ गरिरहनु भएको छ । अन्य नेता जस्तो कुर्सीको लागि लड्ने , जनताको चिन्ता नलिई सर्वसाधारणको पालो मिची सुविधा नलिने उहाले भन्नु भयो । उक्त कुरा समाजसेवी तथा प्रत्यक्ष प्रतिनिधि सभा सदस्य उम्मेदवार खगेश रंजितकारले समय सान्दर्भिक अनलाइनलाई जानकारी गराउनु भयो ।

यस्तो स्वार्थी संसारमा पनि आफु भन्दा जनताको चासो धेरै राखने नेताको समाज र जनताले उच्च मुल्यांकन गर्ने छ ।

डा. सैजुले आफू ठीक भएपछी कोभिडको बिमारी र समस्यामा परेका जनतालाई सहयोग गर्ने कुरा समाजसेवी खगेश रंजितकार मार्फत हामीलाई जानकारी गराउनु भयो ।

समय सान्दर्भिक मिडिया प्रा.लि. डा. सैजुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

उहा बाल अधिकारवादि र राजनीतिज्ञको अलवा मानव अधिकार, सामाजिक सेवा रोटरिमा समेत आबद्ध हुनुहुन्छ । उहा काठमाडौँ क्षेत्र नम्बर ७ का जनप्रतिनिधि पनि हुन् ।

प्रतिक्रिया : थप