३ जेष्ठ २०७८, सोमबार

पश्चिम ठमेल पर्यटन परिषद्को माग– ‘सरकार , क्वारिनन्टिन अनिवार्य लागू गर्ने भए गर नत्र खारेज गर’

Samaya Sandarbhik
१९ फाल्गुन २०७७, बुधबार १६:४५

काठमाडौं । पश्चिम ठमेल पर्यटन परिषद्ले विदेशबाट नेपाली आउँदा क्वारेन्टिनमा बस्नुपर्ने नियम अनिवार्य भए हुबहु लागू गर्न र नभए खारेज गर्नुपर्ने भन्दै सरकारसमक्ष  माग गरेको छ ।

विशेषगरी अहिले सरकारद्वारा बेलायतबाट फर्कनेहरुले ७२ घन्टाभन्दा पछिको पिसिआर रिपोर्ट बुझाएको अवस्थामा कम्तिमा ४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको र फर्कनअघि नै होटल व्यवसायीहरुसँग क्वारेन्टिनमा बस्ने पूर्वअनुमति पाएकाहरुलाई भित्रभित्रै मिलेमतोमा घर पठाइएपछि विरोधसँगै दुईमध्ये एक लागू गर्न परिषद्ले माग गरेको हो ।

0SHARES

पश्चिम ठमेल पर्यटन परिषद्को माग– ‘सरकार ! क्वारेन्टिन अनिवार्य लागू गर्ने भए गर नत्र खारेज गर’

काठमाडौं, १९ फागुन । पश्चिम ठमेल पर्यटन परिषद्ले विदेशबाट नेपाली आउँदा क्वारेन्टिनमा बस्नुपर्ने नियम अनिवार्य भए हुबहु लागू गर्न र नभए खारेज गर्नुपर्ने भन्दै सरकारसमक्ष  माग गरेको छ ।

विशेषगरी अहिले सरकारद्वारा बेलायतबाट फर्कनेहरुले ७२ घन्टाभन्दा पछिको पिसिआर रिपोर्ट बुझाएको अवस्थामा कम्तिमा ४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको र फर्कनअघि नै होटल व्यवसायीहरुसँग क्वारेन्टिनमा बस्ने पूर्वअनुमति पाएकाहरुलाई भित्रभित्रै मिलेमतोमा घर पठाइएपछि विरोधसँगै दुईमध्ये एक लागू गर्न परिषद्ले माग गरेको हो ।

परिषद्का अध्यक्ष सन्तोष पाण्डेका अनुसार हाल बेलायतबाट फर्कनेहरुले अनिवार्य रुपमा पिसिआर रिपोर्ट नल्याएको तथा ७२ घन्टापछिको पिसिआर रिपोर्ट बुझाएमा कम्तिमा पनि ४ दिन क्वारेन्टिमा बस्नुपर्छ । तर, अहिले सरकारले बनाएको नियम आफैँले उल्लंघन गरेर व्यवसायीलाई मारमा पारेको पनि उनले बताए । उनले भने, ‘बेलायतबाट नेपालीहरु नेपाल आउनुअघि क्वारेन्टिनमा बस्ने होटलको अनुमति त्यहाँको सरकारले अनिवार्य गरेको छ । होटलको पूर्वस्विकृतिविना आउन सरकारले दिँदैन । त्यहीँ नियमबमोजिम नेपालीहरुले क्वारेन्टिनमा बस्ने नेपालको होटलको स्विकृति लिन्छन् र त्यहीँबमोजिम त्यहाँको सरकारसँग फर्कन अनुमति लिन्छन् । त्यसपछि उनीहरु फर्कन्छन् । तर, नेपाल आए पछि विमानस्थलबाटै मिलेमतोमा गायब हुन्छन् ।

प्रतिक्रिया : थप