३ जेष्ठ २०७८, सोमबार

प्रदेश स्तरीय पॉचौ रास्ट्रिय महिला तथा पुरुष फुलकन्ट्याक कराते प्रतियोगिता शुरु

SamayaSandarbhik
२८ चैत्र २०७७, शनिबार ०८:२२

भक्तपुर । भक्तपुरको सुर्यबिनायकमा प्रदेश स्तरीय पॉचौ रास्ट्रिय महिला तथा पुरुष फुलकन्ट्याक कराते प्रतियोगिता शुरु भएको छ । उक्त कार्यक्रम नेपाल क्योकुशिन—सेइसिन काइकान कराते एसोसिएसन तथा आशापुरी डोजोद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा सुर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष श्रीभक्त कसिकवाको बिशेष आतिथ्य रहेको थियो । उक्त प्रतियोगिता दुईदिनसम्म चल्ने जानकारी आयोजक सस्थाले दिइएको छ । कार्यक्रमको अध्यक्षता नेपाल क्योकुशिन–सेइसीन काइकान कराते संघका अध्यक्ष  अशोक कुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धर , मिस नेवा कृषा महर्जन र प्रिया तुलाधरको पनि सहभागिता रहेको थियो । उक्त कार्यक्रमको ब्यबस्थापन एन एफ एच इभेन्टले गरेको थियो ।

उक्त कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रबिन्द्र सापकोटा साथै नगरका जनप्रतिनिधिहरु, समाजसेबीहरु विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरु र खेलप्रेमीहरुको उपस्थिति  रहेको थियो । शुक्रबार र शनिबार दुई  दिन चल्ने उक्त प्रतियोगितामा विभिन्न तौल समुहमा सातै प्रदेशका १०० जना भन्दा बढी खेलाडीहरु सहभागी रहेका छन। कार्यक्रम संयोजक आशापुरी डोजोका सुर्य लामा रहेका छन्।

प्रतिक्रिया : थप