३ जेष्ठ २०७८, सोमबार

प्रधानमन्त्रीको आव्हानमा आज मन्त्रिपरिषदको बैठक बस्दै

SamayaSandarbhik
१९ बैशाख २०७८, आईतवार ०९:४०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ।  कोरोना भाइरसको महामारी फैलदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।

आजको बैठकको ठोस् एजेण्डा बाहिरिएको छैन् तथापी नियमित बैठक स्वरुप बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्ने बताईएको छ । तर कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद्  बैठकले पारित गर्ने छ ।

सीसीएमसीको बैठकले आन्तरिक र बाह्य उडान बन्द गर्नदेखि भारतसँगको सीमा नाका बन्द गर्नसम्मको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।

प्रतिक्रिया : थप