३ असार २०७८, बिहीबार

भारतको जम्मू-कश्मीरमा भाजपा नेता राकेश पण्डितको गोली हानी हत्या

SamayaSandarbhik
२० जेष्ठ २०७८, बिहीबार १३:३५

एजेन्सी  । भारतको जम्मू-कश्मीरमा भारतीय जनता पार्टी (भाजपा)का एक  नेताको हत्या भएको छ । विद्रोही समूहले स्थानीय पार्षद राकेश सोमनाथ​ पण्डिताको गोली हानेर हत्या गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पुलवामामा गएराति भाजपा नेता पण्डिताको गोली हानी हत्या भएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उहाँको साथमा सधैं दुई जना निजी सुरक्षाकर्मी खटिने गरेका थिए ।

जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिह्नासहितले यो घटनाको निन्दा गरेका छन् ।

प्रतिक्रिया : थप