३ जेष्ठ २०७८, सोमबार

भीम माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थीहरु शनिबार काठमाडौँको धुम्बाराहीमा जमघट हुदै

Samaya Sandarbhik
२१ फाल्गुन २०७७, शुक्रबार ०८:२३

काठमाडौँ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका २ दोलखा बजारमा अबस्थित भीम माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थीहरु शनिबार राजधानीको धुम्बाराहीमा जुट्ने भएका छन् ।
आफुले अध्ययन गरेको बिद्यालयका सहपाठीहरु भेला हुने उद्धेश्यले शनिबार बिहान ८ बजे भीम माविका पूर्व बिद्यार्थीहरु काठमाण्डौको धुम्बाराही स्थित स्काईजोन रेष्टुरेन्टमा जुट्न लागेका हुन् ।


भेलामा पूर्व बिद्यार्थीहरुको लगानीमा बिद्यालयमा निर्माण भईरहेको जिल्लाकै सुविधासम्पन्न सभा हलको निर्माण प्रगती र हल सम्पन्न हुने बारे छलफल हुने आयोजकले जनाएको छ । बिद्यालयको पूर्व बिद्यार्थी समाजको आयोजना र कालिञ्चोक युवा क्लव सहित दोलखा बजारका बिभिन्न संघ संस्थाको अगुवाईमा हुन लागेको भेलामा राजधानी उपत्यकामा रहेका बिद्यालयका सबै पूर्व बिद्यार्थीहरुलाई सहभागी हुन आयोजक समितिले अपिल गरेको छ ।

सभा हल सम्पन्न गर्नका निम्ती राजधानी उपत्यकामा बिद्यालयका पूर्व बिद्यार्थी एवं बरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा ७ सदस्यिय समिति गठन भईसकेको छ । समितिले राजधानीमा रहेका सबै पूर्व बिद्यार्थीलाई कार्यक्रममा सहभागी हुन आव्हवान गरेको छ ।

प्रारम्भीक लागत ३५ लाख रुपैंया अनुमान गरिएको सभा हल बैशाख सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । २ सय सिट क्षमताको सभा हल जिल्लाकै नमुना हुने पूर्व बिद्यार्थी समाजले जनाएको छ ।

हल निर्माण कार्यमा बढी भन्दा बढी पूर्व बिद्यार्थीहरुको सहभागिता गराउने उद्धेश्य समितिले राखेको छ ।

प्रतिक्रिया : थप