२ असार २०७८, बुधबार

भ्रम फैलाउनेहरुलाई दिए कडा प्रतिक्रिया: नेता रायमाझी

SamayaSandarbhik
२५ जेष्ठ २०७८, मंगलवार ०९:२९

काठमाडौँ ।  नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझीले नेकपा माओवादी औपचारिक रुपमा विघटनको घोषणा गर्न बाँकी रहेको भन्दै आफूहरु त्यस पार्टीमा फर्किने सम्भावना नरहेको बताउनु भएको छ । साँझ विज्ञप्ति जारी गर्दै नेता रायमाझी उक्त कुरा बताउनु भएको हो ।

रायमाझीले सोमवार साँझ विज्ञप्ति जारी गर्दै माओवादी अध्यक्ष प्रचण्डमा कुर्सीमोह, अस्थिरता, परिवारवाद र भ्रष्ट आचारण रहेको भन्दै सिंगो पार्टीलाई विघटन गरेर कांग्रेस सभापतिको शरणमा पुगेको आरोप लगाउनुभयो ।

आफू माओवादीमा फर्किन लागेको भन्ने भ्रम प्रचण्ड पक्षबाटै फैलाइएको भन्दै उहाँले आफूहरु केपी ओलीको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा रहेको बताउनुभयो ।

प्रतिक्रिया : थप