२ असार २०७८, बुधबार

म्यानचेस्टर सिटीको सानदार जित

SamayaSandarbhik
१० जेष्ठ २०७८, सोमबार १२:१२

काठमाडौँ । उपाधि जितिसकेको म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । यस्तै केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक/एक गोल गरे । सिटीले उपाधि जित्ने क्रममा ३८ खेलमा ८६ अङ्क जोडेको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३८ खेलबाट ७४ अङ्क छ । एभर्टन भने ५९ अङ्क जोडेर दशौं स्थानमा झरेको छ । जितपछि म्यानचेस्टर सिटीले उपाधिको ट्रफी समेत उचालेको छ ।

प्रतिक्रिया : थप