३ जेष्ठ २०७८, सोमबार

राष्ट्रपतिद्वारा गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख हटाइए, पाैडेल र यादव नयाँ प्रमुख नियुक्त

SamayaSandarbhik
२० बैशाख २०७८, सोमबार १९:०४

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

शेरचन र त्रिपाठी माओवादी केन्द्रमा आवद्ध छन् । माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।

प्रतिक्रिया : थप