३ जेष्ठ २०७८, सोमबार

रेक्स फेसन होमले गोल्डेन पिल्लर डान्स एकेडेमी सन्चालनमा

SamayaSandarbhik
८ चैत्र २०७७, आईतवार १६:१७

काठमाडौं । काठमाडौंको संकटामा गोल्डेन पिल्लर डान्स एकेडेमी सन्चालनमा आएको छ । युवा प्रतिभा रेक्स रन्जितले शनिवारदेखि डान्स एकेडेमीलाईसंचालनमा ल्याएका हुन् ।

नेपाली युवामा रहेको प्रतिभा प्रस्फुटन गरि नेपाली मौलिक सस्कृतिलाई विश्व माझ चिनाउने उद्देश्यले यो डान्स एकेडेमी सञ्चालनमा ल्याइएको रेक्स फेसन होमका प्रमुख रन्जितले बताए । नेपाली मौलिक नृत्य लाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गराई डान्स ईन्डिया डान्स , अमेरिकी डान्स प्रतियोगितामा पनि जित्न सक्ने कलाकार जन्माउने एकेडेमीको लक्ष्य रहेको छ ।

रन्जितले रिबन काटेर उद्घाटन गरिएको उक्त कार्यक्रममा गायिका बुनु राई मानान्धर , डान्स कोरियोग्राफर सोनिया तुलाधर , प्रथम प्रशिक्षार्थी मिस नेशनल रेजिना मानन्धर , बरिस्ठ जिम्न्यास्टीक प्रशिक्षक बि आर मानन्धर, मोडल अभिषेक श्रेष्ठ , मोडल रेश्मा श्रेष्ठ र प्रशिक्षार्थी कृपा तन्दुकार तथा समाजसेवी समुद्र मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया : थप