३ जेष्ठ २०७८, सोमबार

रेजिनाले जितिन मिस नेशनल २०२० को उपाधी

SamayaSandarbhik
१ चैत्र २०७७, आईतवार १५:२१

काठमाडौँ । विगतका वर्षहरुमा जस्तै रेक्स फेसन होमले आयोजना गरेको ’मिस नेशनल २०२० ’ को उपाधी काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटमा १२ कक्षामा अध्ययनरत रेजिना मानन्धरले जितेकी छिन् । उनी पुर्व मिस ब्युटीफुल समेत हुन् । मिस नेशनलको ताज चुम्दै रेजिनाले भनिन, ताज भनेको जिम्मेवारी हो अनि म रास्ट्रको लागि काम गर्छु ।

रेक्स फेसन होमकी संरक्षक साधना रन्जितको सभापतित्वमा भएको कार्यक्रममा साधना कला केन्द्रका प्रमुख मिलन मोक्तान, वरिष्ठ गायक भिम तुलाधर, अन्तरास्ट्रिय कोरियोग्राफर रोजिन शाक्य , गायक उदेश श्रेष्ठ , गायिका बुनु राई मानन्धर, मिस ग्र्यान्ड इन्टरनेशनल उरुसा जोशी ,वरिष्ठ जिम्न्यास्टिक प्रशिक्षक बि आर मानन्धर, वरिष्ठ डिजाईनर सोनु श्रेष्ठ , मिडिया पर्सोनालिटी त्रिलोचन प्रधान , साधना कला केन्द्रकी एम डी आशा गौतम, क्यामेरापर्सन भुपेन्द्र निरौला, सासा बेन्क्वेट संचालक दिपक डँगोल, कार्यक्रम संयोजक कृपा तन्डुकार तथा डेलिमा गार्डन् परिवारले मिस नेशनल रेजिना मानन्धरलाई बिभिन्न आभुषण , ताज, पुरस्कार, मायाको चिन्ह, नेपालको झण्डा साथै सामुहिक आशिर्वाद सहितको बधाई दिए । उनीहरुले रेजिनाको सफलतावाट अरुले पनि पाठ सिक्दै आफुभित्रको प्रतिभा प्रस्फुटन गर्नुपर्ने बताए ।

कार्यक्रममा बिजेताको तर्फबाट सहभागीलाई रात्रीभोजको आयोजना पनि गरिएको थियो

प्रतिक्रिया : थप