३ असार २०७८, बिहीबार

वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन

SamayaSandarbhik
२ जेष्ठ २०७८, आईतवार २१:३२

काठमाडौं । नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । 

कार्कीको उपचारका क्रममा काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो । गएको १६ गते देहरादुनबाट काठमाडौं आउनुभएका उहाँलाई ज्वरो आएपछि अस्पतालमा भर्ना गरिए पनि उहा कोरोना भाइरसबाट पनि संक्रमित भएपछि एक हप्तादेखि सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।

स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा विसं १९९५ साल कात्तिक २२ गते जन्मिनुभएका कान्छी हे कान्छी, तिजको रहर आयो बरिलै, बुझ्नै सकिनौं तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, बैनीको दया छ भनेसहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीत लोकप्रिय छन् 

प्रतिक्रिया : थप