३ जेष्ठ २०७८, सोमबार

वेस्ट आईकन नेपाल २०२१ को ट्यालेन्ट राउन्ड सम्पन्न

SamayaSandarbhik
१४ बैशाख २०७८, मंगलवार १३:०७

काठमाडौँ । काठमाडौं बसंतपुरको भोये छे रेस्टुरेन्टमा वेस्ट आईकन नेपाल २०२१ को ट्यालेन्ट राउन्ड सम्पन्नभएको छ । युवा बिकाशको लक्ष्य लिएर विभिन्न कार्यक्रम गर्ने लोक प्रिय संस्था थ्री स्टार इन्टरटेन्मेन्टको आोजनामा भएको उक्त कार्यक्रमको सहयोगी संस्था राइजिङग् क्रिएसन् इभेन्ट र आर मार्ट रहेका छन् ।

उक्त कार्यक्रममा सहभागी १६ प्रतिस्पर्धीहरुले आफ्ना कला प्रदर्शन गरेका थिए। ट्यालेन्ट राउण्डका निर्णायकहरुमा नेपाल राष्ट्रिय मोडलिङ संघका केन्द्रीय उपध्यक्ष खगेस रंजितकार , मोडेल सागर मगर , मोडेल प्राप्ती थापा र सोसियल वर्कर निलिमा नकर्मि रहेका थिए । यस कार्यक्रमको अंतिम संस्करण वैशाखको २४ गते शनिवार म्यूजिक सिटी हल बालकुमारीमा हुने जानकारी आयोजकले गराएको छ ।

उक्त कार्यक्रमको उद्घोषण कोरियोग्राफर तथा एमसी आर्शु महर्जनले गरेका थिए । राष्ट्रको विकास र समृद्ध जीवन यापन गर्न गराउन एक व्यक्तित्वको खाँचो हुन्छ त्यो म्यान हन्ट र व्युटि पेजेन्टबाट मात्र सम्भव छ। कुनै पनि साधारण व्यक्तिलाई बोल्न , हिँड्न र राम्रो पहिरनका साथ समाज राष्ट्रलाई माया गर्न सिकाई व्यक्तित्व बनाउँछ भने यस्तो प्रतिस्पर्धात्मक कार्यक्रम सधैं हुनु पर्छ भनेर कार्यक्रमका निर्णायक खगेस् रंजितकारले समय सान्दर्भिकलाई बताउनु भयो।

प्रतिक्रिया : थप