३ जेष्ठ २०७८, सोमबार

शहरी स्वास्थ्य केन्द्र राम्पालाई स्वास्थ्य सामग्री हस्तान्तरण

SamayaSandarbhik
२० बैशाख २०७८, सोमबार १२:१८

दोलखा संवाददाता । भीमेश्वर नगरपालिका वडा नं २ स्थित राम्पा शहरी स्वास्थ्य केन्द्रलाई बढ्दो कोभिडको संक्रमणलाई मध्यनजर गर्दै सरस्वाती किन्डर लाइफ संस्थाको सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सामाजिक अभियन्ता बद्रि दाहालको पहलमा उक्त स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

उक्त स्वास्थ्य सामग्री अन्तर्गत अति आबस्यक औषधि, मास्क, स्यानिटाइजर, सर्जिकलका सामग्री,अटो क्याब मेसिन , बल्ड प्रेसर नाप्ने मेसिन र पल्स ओसिमिटर लगायतका सामग्री समेत सहयोग गरेका हुन् । स्वास्थ्य सामग्री शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज संगीता तमाङ्गलाई हस्तान्तरण गरिएको छ । बिगतमा गरिएको प्रतिबद्धता अनुसार राम्पा शहरी स्वास्थ्य केन्द्रलाई उक्त स्वास्थ्य सामग्री उपलब्ध गरिएको हो ।

समग्र विकासमा प्राथमिकतामा नपरेका गाउँठाउँलाई सचेत युवाहरुको सक्रिय सहभागितामा काधँमा काधँ हातमा हात मिलाउदै चरणबद्ध रुपमा विकासका कार्यलाई अघि बढाउन स्थानीय युवाहरु लागि परेका छन् । स्थानीयले सहयोगी संस्था र पहलकर्ता बद्रि दाहाललाई बिशेष धन्यवाद दिए ।

प्रतिक्रिया : थप