२ असार २०७८, बुधबार

ज्यान गुमाएका आराेहीकाे शव काठमाडौँ ल्याइयो

SamayaSandarbhik
१६ जेष्ठ २०७८, आईतवार २१:५७

साेलुखुम्बु ।  सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका एक आरोहीको शव उद्धार गरी काठमाण्डाै ल्याइएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाण्डाै ल्याइएको हो ।    

सगरमाथा आरोहणमा जाने क्रममा गएकाे वैशाख २९ गते साँझ ६ः०० बजेकाे समयमा चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिनुभयो । 

मौसम अनुकूल नहुँदा तत्काल उद्धार गर्न नसकिएकाले आज उद्धार गरी काठमाण्डाै ल्याइएको छ । प्रहरीका अनुसार लिउको शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ ।

सगरमाथा आरोहण सुरु भएपछि यस वर्षको वसन्तयाममा एक क्लाइम्बिङ गाइडसहित तीन जनाको ज्यान गएकाे छ । स्विट्जरल्यान्डका नागरिक अब्दुल वारिचको पनि गएकाे वैशाख २९ गते आरोहण सकेर फर्कने क्रममा सेभेन साउथमा ज्यान गएकाे थियो ।

यही जेठ ४ गते सङ्खुवासभा घर भएका टासी शेर्पाको शिविर एक र दुईको खर्पासमा लडेर ज्यान गएकाे प्रहरीले जनाएको छ । 

प्रतिक्रिया : थप