३ जेष्ठ २०७८, सोमबार

सबै तहका परीक्षा राेक्न सीसीएमसीकाे सिफारिस

SamayaSandarbhik
१२ बैशाख २०७८, आईतवार २१:५४

काठमाडौँ ।  काेभिड–१९ (काेराेना भाइरस) काे सङ्क्रमण बढेसँगै काेभिड–१९ सङ्कट व्यवस्थान केन्द्र (सीसीएमसी) ले चलिरहेका सबै तहका परीक्षा राेक्न सिफारिस गरेकाे छ । आइतवार बसेकाे बैठकले परीक्षाका कारण काेराेना सङ्क्रमण झनै फैलिन सक्ने भन्दै सबै परीक्षा राेक्न सिफारिस गर्ने निर्णय गरेकाे हाे । 

यस्तै बैठकले नेपाली नागरिक बाहेक अरू देशका नागरिकलाई स्थलमार्गबाट नेपाल प्रवेशमा रोक लगाउने भएको छ । कोरोना महामारी बढेको अवस्थालाई ध्यान दिएर नेपाली नागरिक बाहेक अरू  देशका व्यक्तिलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा रोक लगाउनका लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।

यस्तै नेपाललाई ट्रान्जिट बनाएर विदेश जानेहरूलाई पनि रोक्न सिफारिस भएको छ । यस्तै सीसीएमसीले तराईका जिल्ला वा सहरी क्षेत्रमा पाँच सय जना सक्रिय सङ्क्रमित देखिएमा या पहाडी जिल्लामा दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमित भएमा सम्बन्धित स्थानीय प्रशासनले निधेषाज्ञा लगाउन सक्ने अधिकार दिन पनि सिफारिस गरेको छ ।  

प्रतिक्रिया : थप