२ असार २०७८, बुधबार

सरकारद्वारा १ हजार सिलिण्डर फिर्ता

SamayaSandarbhik
३ जेष्ठ २०७८, सोमबार ०८:३७

काठमाडौ । सरकारले विभिन्न ठाउँमा रहेका १ हजार २९२ अक्सिजन सिलिण्डर  फिर्ता  गरेको छ ।  उद्योग तथा अन्य क्षेत्रमा प्रयोगमा रहेका ती सिलिण्डर फिर्ता गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले  विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।

१ सय २६ स्थानका उद्योग र अन्य क्षेत्रमा अनुगमन गरी ती सिलिण्डर फिर्ता गरिएको हो । नेपालमा अहिले १ लाख ११ हजार ३ सय ६४ सिलिण्डर ग्यास छन् । उहाँका अनुसार काठमाडौँ उपत्यकाका १० उद्योग र  बाहिरका १९ उद्योगका ठूला ७२ हजार २५० र साना ३९ हजार १ सय १४ सिलिण्डर  छन् ।

यसैगरी देशभरि ३१ हजार आइसोलेशन सेन्टरको व्यवस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । तीमध्ये १ हजार ५ सय अक्सिजनसहितका आइसोलेशन सेन्टर छन् । उहाँका अनुसार सङ्क्रमितको उपचारका लागि १० हजार ८ सय १२ सामान्य शय्या, हाइ डिपेन्डेन्सी एचडियु २ हजार ५९०, १ हजार ६ सय २३ सघन उपचार कक्ष आइसियु र ५९८ भेन्टिलेटर  छन् ।

हाल अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री प्राप्त हुने क्रम बढदै गइरहेकाले संक्रमितलाई अक्सिजन र शय्या अभाव हुन नदिने प्रयास सरकारको तर्फबाट भइराखेको छ ।  चीनको सिचुवान प्रान्तले सरकारलाई उपलब्ध गराउने स्वास्थ्य सामग्री यही जेठ ५ गते सिचुवान एयरलाइन्सको चार्टर कार्गो उडानबाट काठमाडौँ आइपुग्ने छ ।

सरकारले क्वारेन्टिनको नियम पालना नगर्ने देशभरका ४२ हजार ८ सय २८ जनालाई कारवाही र सचेत गराइएको जनाएको छ ।

प्रतिक्रिया : थप