२ असार २०७८, बुधबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

SamayaSandarbhik
२५ जेष्ठ २०७८, मंगलवार ०९:४७

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने छन् ।

आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले त्यसै दिन विश्वासको मत लिन खोजेको थियो तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य आजका लागि सरेको हो । 

सुदूरपश्चिममा नेकपा (एमाले) को समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन यही जेठ १० गते फिर्ता लिएको थियो । प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्रीसमेत फेरबदल गरेको थियो ।

प्रतिक्रिया : थप