३ जेष्ठ २०७८, सोमबार

सूर्य चिह्नबाट चुनाव लडेकाको समर्थन कानुनी रुपमा अन्य दललाई हुँदैन : मुख्यमन्त्री पोखरेल

SamayaSandarbhik
२० बैशाख २०७८, सोमबार १०:१३

काठमाडौँ । विवादबीच लुम्बिनी प्रदेशको मुख्यन्त्रीमा नियुक्त भई शपथ लिएका शंकर पोखरेलले बहुमत प्राप्त दलका रुपमा एमालेले मुख्यमन्त्रीमा दावी गरेको बताएका छन् । उनको दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो ।

‘चर्चामा ल्याइएका अन्य सांसदले समेत दलको बैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमति जनाउनु भएको हो,’ उनले भनेका छन्, ‘सूर्य चिन्हबाट चुनाव लडेका उहाँहरुको समर्थन कानुनी रुपमा समेत अन्य दललाई हुन सक्तैन।’

सूर्य चिन्हबाट चुनाव लडेका केही सांसदले आफूलाई समर्थन नगर्ने बताएपनि संसदीय दलको बैठकले आफूलाई मुख्यमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेको बताए।‘दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो,’ उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नियुक्ति पनि त्यसै आधारमा भएको हो। नियुक्ति पछिको विवादको निरुपण प्रक्रिया अनुरुप नै हुनेछ।’

उनले यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिएको आरोपसमेत लगाएका छन्। यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवहरूले थाहा नपाएजस्तो गर्नु आश्चर्यको कुरा भएको समेत उनले टिप्पणी गरेका छन्।

प्रतिक्रिया : थप