३ जेष्ठ २०७८, सोमबार

स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाँदै पूर्व मिस नेपाल खतिवडा

Samaya Sandarbhik
१९ फाल्गुन २०७७, बुधबार १७:२५

काठमाडौं । मिस नेपाल २०१८ शृङ्खला खतिवडा ‘शहरी विकास’ विषयमा स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाने भएकी छिन् । खतिवडाले मंगलबार दिउँसो फेसबुकमा एउटा स्टाटस लेख्दै उक्त कुराको जानकारी दिएकी हुन् ।

खतिवडाले अमेरिकाको हावर्ड विश्वविद्यालयको ग्राजुएट स्कूल अफ डिजाइनबाट ‘शहरी विकास’ विषयमा स्नातकोत्तर अध्ययन गर्नका लागि आफू छनोट भएको जानकारी दिएकी हुन् । खतिवडाले पुल्चोक क्याम्पसबाट आर्किटेक्टमा स्नातक उत्तिर्ण गरेकी छिन् ।

खतिवडाले हार्वड विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाउनुलाई जीवनकै सबैभन्दा खुशीको क्षण भएको बताएकी छिन् । दुई वर्षमा स्नातकोत्तरको अध्ययन पुरा भएपछि उनले स्वदेश फर्किने प्रतिक्रिया दिएकी छिन् ।

प्रतिक्रिया : थप