२ असार २०७८, बुधबार

सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकामा फ्रि वाईफाई जोन

SamayaSandarbhik
२६ जेष्ठ २०७८, बुधबार १६:४८

दिपा आचार्य, सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाले कोभिडको कारण पठन पाठनमा असहज भएको भन्दै सहजताकालागी अप्टिकल फाईबर विच्छाई फ्रि वाईफाई जोन निर्माण गरेको छ । विद्यार्थीहरुको पठन पाठनमा सहज होस् भनेर फ्रि वाईफाई जोन निर्माण गरेको हो ।

कोभिडको बन्दाबन्दीको समयमा बिद्यार्थीहरुलाई भर्चुअल र अनलाईन माध्यमबाट शिक्षण सिकाई गर्न सहज होस भनि मध्यपहाडी राजमार्ग पंचकन्यादेखि सोल्पासम्म अप्टिकल फाईबर विच्छाई उद्दव स्मृति पार्क र सोको आसपास सेवा पुग्ने गरि फ्रि वाईफाई जोन निर्माण गरेको छ ।

त्यस्तै फिक्कल मा.वि. सोल्पामा पनि ईन्टरनेट सेवा जडान गरिएको छ। सूचना सम्प्रेषण गर्न र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनको लागि सोल्पाठाना स्वास्थ्य चौकी र वडा कार्यालयमा समेत १० एमविपिएस क्षमताको ब्रोडबाण्ड ईन्टरनेट सेवा जडान गरी आजबाट संचालनमा आएको फिक्कल गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले समय सान्दर्भिक अनलाइनलाई बताउनु भयाे।

प्रतिक्रिया : थप