back

दोलखा बजारमा सहस्र जलयात्रा धुमधामका साथ सम्पन्न

480
shares
sivam siment- long add

दोलखा, सम्वाददाता । स्वस्थानी व्रतकथाको अन्तिम दिन दिन दोलखा बजारमा देखाइने मल्लकालीन सहस्र जलयात्रा धुमधामका साथ मनाइएको छ । धार्मिक मान्यता अनुसार सतीदेवीको घुँडा पतन भएको वारणसीबाट बाजागाजा र भजनकीर्तनका साथ कन्या केटाले जल बोकी जात्रा प्रारम्भ हुन्छ ।

मल्लकालदेखि सुरु भएको स्वस्थानीको जलयात्रामा व्रत लिनेहरुले जल चढाएर व्रत अन्त्य गर्ने प्रचलन दोलखामा छ । दोलखाकै पूरानो जात्राका रुपमा मनाइने सहस्र जलयात्रालाई पौराणिक जात्रा समेत भन्ने गरिन्छ ।

दोलखा बजारको वाराणसीमा विहान नुहाई धुवाईपछि मूर्तिलगायत ध्वजापतासहित सजिएका कन्या केटाले कलशमा सहस्र जल र मूर्ति बोक्नेहरु त्रिपूरा सुन्दरी मन्दिरबाट दोलखा बजार परिक्रमा गरी भीमेश्वर मन्दिरमा आएर जात्रा समापन हुन्छ ।

जात्रा शुरु भएपछि दोलखाका टोल डबलीमा स्वस्थानीको व्रत लिनेहरु घर–घरबाट चोखो पानी लिएर चढाउन जम्मा हुने गर्छन् । मूर्ति बोक्ने नारायणहरु र सहस्र जल बोक्नेलाई दोलखा बजारको विभिन्न टोल र डबलीमा पूजा सामग्री लिएर उभिएका महिला व्रतालुहरुले दर्शन गर्ने घर–घरबाट ल्याएको चोखो जल चढाउने गर्छन् ।

वारणसीमाबाट शुरु भएको जलयात्रा जात्रामा ढोलक, सनाई र झम्टा बजाउने समूह हुन्छन् भने भजनकीर्तन गर्ने दुई समूह अघि पछि हुन्छन् । दोलखा बजारमा स्वस्थानी वाचन हुने दिनदेखि दिनहुँ भजनकीर्तन गर्दै बजार परिक्रमा गर्ने गरिन्छ । सहस्र जलयात्रा जात्रामा महिना दिनदेखि स्वस्थानीको व्रत बस्नेहरुले आज जात्रामा जल चढाएर प्रसाद खाएपछि व्रत सकिने परम्परा छ ।

ime pay- long

ime pay- long
भीमेश्वर मन्दिर र कालिन्चोक भगवतीलाई बिश्वसम्पदा सुचीमा राख्न पहल गरिने

भीमेश्वर मन्दिर र कालिन्चोक भगवतीलाई बिश्वसम्पदा सुचीमा राख्न पहल गरिने

वि.सं.२०७९ माघ २४ मंगलवार ११:३०

दोलखा सम्वाददाता । भीमेश्वर मन्दिर र कालिन्चोक भगवतीको मन्दिरलाई...

भीमएकादशीको अवसर पारेर दोलखा भीमसेनमा होम यज्ञ तथा रुद्री पाठ हुने

भीमएकादशीको अवसर पारेर दोलखा भीमसेनमा होम यज्ञ तथा रुद्री पाठ हुने

वि.सं.२०७९ माघ १६ सोमवार २१:५०

दोलखा । सदा झैँ यस बर्ष पनि भीमएकादशीको अवसर...

आजदेखि स्वस्थानी व्रत सुरु

आजदेखि स्वस्थानी व्रत सुरु

वि.सं.२०७९ पुस २२ शुक्रवार ०९:१४

काठमाडौँ ।  हिन्दुहरूको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजदेखि...

गुरुङ समुदायको आज तमु ल्होसार: सार्वजनिक बिदा

गुरुङ समुदायको आज तमु ल्होसार: सार्वजनिक बिदा

वि.सं.२०७९ पुस १५ शुक्रवार ०८:४५

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु...

ज्यापु दिवसमा योमरी सहितको र्‍याली

ज्यापु दिवसमा योमरी सहितको र्‍याली

वि.सं.२०७९ मंसिर २२ बिहीवार २२:२१

काठमाडौं । काठमाडौंका नेवार समुदायले आज राष्ट्रिय ज्यापु दिवस...

नेप्लिज फेशन होमले योमरी बनाउदै र नँया पिडिलाई सिकाउदै

नेप्लिज फेशन होमले योमरी बनाउदै र नँया पिडिलाई सिकाउदै

वि.सं.२०७९ मंसिर २२ बिहीवार २२:०६

काठमाडौं । मिस नेवाहरुले योमरी बनाएर योमरी पर्व दिवस...