भीमेश्वर मन्दिर र कालिन्चोक भगवतीलाई बिश्वसम्पदा सुचीमा राख्न पहल गरिने
shares

दोलखा सम्वाददाता । भीमेश्वर मन्दिर र कालिन्चोक भगवतीको मन्दिरलाई बिश्वसम्पदा सुचीमा राख्न पहल गरिएको छ। गिरिजाप्रसाद कोईराला फाउन्डेसन अमेरिका च्यापटर , न्युयोर्कका अध्यक्ष सोमनाथ घिमिरेले बिश्वसम्पदा सुचीमा राख्न पहल थाल्नु भएको हो।
नेपालको एक मात्र प्रथम हिन्दू सिक्का अर्थात चाँदीको टक निकाल्न सफल दोलखाधिपति दोलखाको राजा ईन्द्रसिंह देवले राज्य गरेको प्राचीन नगरी दोलखा र दोलखा भीमेश्वर पाँचहजार बर्ष पुरानो भनेर संस्कृत तथा ईतिहासविद स्व. सत्यमोहन जोशीको भनाइबाट द्वापर युगमा पञ्चपाण्डप भीमसेनको पालाबाट नै दोलखा बस्ती सुरुभएको पुष्टि हुन्छ।
काठमाडौ उपत्यका शहर भन्दा दोलखा नेवार बस्ती पुरानो भएको दोलखाका स्थानीय साँस्कृतिक अभियन्ता शान्तकृष्ण श्रेष्ठले बताउनु भएको छ । उहाँले मञ्जुश्रीकै पालाबाट नै दोलखामा बस्ती समेत बसालेको पुष्टी गर्नु हुन्छ ।
ईतिहास बोकेको दोलखालाई हालसम्म बिश्वसम्पदाको सुचिमा राख्न कुनै निकाएको ध्यान नगएको हुदा प्राचीन नगर दोलखा , भीमेश्वर मन्दिर र एसियाकै अग्लो स्थानमा रहेको हिन्दू मन्दिर कालिन्चोक भगवतीलाई युनेस्को र युएन मार्फत बिश्व सम्पदा सुचीमा राख्न जिपि फाउन्डेसनको पहलमा गत हप्ता मात्र भीमेश्वर नगरपालिका र न्युयोर्क सहर बिच भगिनि सम्बन्ध कायम गर्न समवन्यको लागि आउनु भएको जिपि फाउन्डेसन अमेरिका च्यापटरका अध्यक्ष एवम् न्यू डेमोक्रेटिक क्लव न्युयोर्क अमेरिकाका उपाध्यक्ष समाजसेबी सोमनाथ घिमिरेद्वारा बिश्वसम्पदा सुचिमा राख्न पहल गर्ने कुरा जिपि फाउन्डेसन दोलखाको सयोजक एवम् नेपाली कांग्रेस दोलखाको युवा नेता राकेश श्रेष्ठ बताउनु भयो ।
दोलखाको सदरमुकाम चरिकोटमा रहेको हाल बन्द हुने अबस्थामा रहेको पशुपति चौलागाई अस्पताललाई पनि विभिन्न सहयोग र आवश्यक सामग्री उपलब्ध गरी सहयोग गर्ने कुरा जिपि फाउन्डेसन अमेरिका च्यापटरका अध्यक्ष एवम् न्यू डेमोक्रेटिक क्लव न्युयोर्क अमेरिकाका उपाध्यक्ष समाजसेवि सोमनाथ घिमिरेले बताउनु भएको छ ।
वि.सं.२०७९ माघ २४ मंगलवार ११:३०