back

पशुपतिनाथ मन्दिरमा १२ लाख दर्शनार्थीले गरे दर्शन

192
shares
sivam siment- long add

काठमाडौं । महाशिरवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान देखि साँझसम्म १२ लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस अवसरमा पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ बजेदेखि नै खुल्ला गरिएको थियो ।

उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ । पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ । घाम लागेसँगै दर्शनार्थीको सङ्ख्या बढ्न थालेको हो ।

महाशिवरात्रिका अवसरमा कोषको विशिष्ट अतिथिका रुपमा आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले अहिले पञ्चामृत स्नानसहितको विशेष पूजा गर्ने कार्यक्रम छ ।

मन्दिर उद्घाटनपछि उनले त्यहीँ प्रवचन पनि गर्नेछन् । बेलुकी नेपाल-भारत मैत्री धर्मशालामा शङ्कराचार्यसँग वैदिक सनातन धर्मसँग सम्बन्धित विषयमा जिज्ञासा राख्न सकिने कार्यक्रम रहेको छ । यो कार्यक्रममा जोसुकैले सहभागिता जनाउन सक्ने कोषले जनाएको छ ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्तको आगमन भएको छ । नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ । साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ । यसमा गुठी संस्थानको पनि सहयोग रहेको छ ।

महाशिवरात्रिका लागि पशुपति क्षेत्र विशेषरुपमा सिँगारिएको छ । दर्शनार्थीलाई व्यवस्थितरुपमा दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । मूल मन्दिरभित्र भने नेपाली सेना र कोषका कर्मचारीको विशेष सुरक्षा रहेको छ ।

पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क खानेपानी सेवा, भोजन एवं प्रसाद सेवा, रक्तदानजस्ता सेवामूलक काम गर्ने संस्थाको पनि भीड देखिन्छ । केही मानिसले विभिन्न साम्प्रदायिक पुस्तक वितरण गरेको भन्दै भक्तजनले आपत्ति जनाएका छन् ।

ime pay- long

ime pay- long
भीमेश्वर मन्दिर र कालिन्चोक भगवतीलाई बिश्वसम्पदा सुचीमा राख्न पहल गरिने

भीमेश्वर मन्दिर र कालिन्चोक भगवतीलाई बिश्वसम्पदा सुचीमा राख्न पहल गरिने

वि.सं.२०७९ माघ २४ मंगलवार ११:३०

दोलखा सम्वाददाता । भीमेश्वर मन्दिर र कालिन्चोक भगवतीको मन्दिरलाई...

दोलखा बजारमा सहस्र जलयात्रा धुमधामका साथ सम्पन्न

दोलखा बजारमा सहस्र जलयात्रा धुमधामका साथ सम्पन्न

वि.सं.२०७९ माघ २४ मंगलवार ०९:२९

दोलखा, सम्वाददाता । स्वस्थानी व्रतकथाको अन्तिम दिन दिन दोलखा...

भीमएकादशीको अवसर पारेर दोलखा भीमसेनमा होम यज्ञ तथा रुद्री पाठ हुने

भीमएकादशीको अवसर पारेर दोलखा भीमसेनमा होम यज्ञ तथा रुद्री पाठ हुने

वि.सं.२०७९ माघ १६ सोमवार २१:५०

दोलखा । सदा झैँ यस बर्ष पनि भीमएकादशीको अवसर...

आजदेखि स्वस्थानी व्रत सुरु

आजदेखि स्वस्थानी व्रत सुरु

वि.सं.२०७९ पुस २२ शुक्रवार ०९:१४

काठमाडौँ ।  हिन्दुहरूको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजदेखि...

गुरुङ समुदायको आज तमु ल्होसार: सार्वजनिक बिदा

गुरुङ समुदायको आज तमु ल्होसार: सार्वजनिक बिदा

वि.सं.२०७९ पुस १५ शुक्रवार ०८:४५

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु...

ज्यापु दिवसमा योमरी सहितको र्‍याली

ज्यापु दिवसमा योमरी सहितको र्‍याली

वि.सं.२०७९ मंसिर २२ बिहीवार २२:२१

काठमाडौं । काठमाडौंका नेवार समुदायले आज राष्ट्रिय ज्यापु दिवस...