दोलखामा मच्छिन्द्रनाथको जात्रा आजबाट शुरु दोलखा मच्छिन्द्रनाथ रातो मच्छिन्द्रनाथ नभएर दोलखा मच्छिन्द्रनाथ हो । द्वाल्खा अभियन्ता— शान्तकृष्ण श्रेष्ठ
shares

काठमाडौँ । आजबाट दोलखा मच्छिन्द्रनाथको रथ जात्रा शुरु भएको छ। आजबाट शुरु भएको मच्छिन्द्रनाथको रथ जात्रा ९ दिनसम्म मनाइन्छ। २८ गते ठाडो उकालोमा तानिने भएकाले उक्त दिनलाई बिशेष दिनका रुपमा लिइन्छ।

दोलखामा मच्छिन्द्रनाथ अनादिकालदेखि चलिरहेको छ । संस्कृतविद्हरुले मच्छिन्द्रनाथको लेख लेख्दा नेपालमा जम्मा ४ वटा मच्छिन्द्रनाथको मात्रै बयान गरेको पाइन्छ । दोलखाको मच्छिन्द्रनाथको विषयमा कहिँ कतै उल्लेख गरेको पाइँदैन । बिक्रम संवत् २०५७ । ५८ सालदेखि मात्र म्हेपीका दीपेन्द्र शाक्य, जीवन शाक्य, सगुन शाक्यहरुले दोलखामा मच्छिन्द्रनाथको जात्रा देखेपछि काठमाडौँमा दोलखामा मनाइने बुगदेउ करुणामय जात्राको श्रव्यदृश्य प्रसारण भएपछि यसले काठमाडौंमा महत्व पायो । यस्को चर्चा चुलिन थालेपछि बिभिन्न पत्रपत्रिकामा लेखहरु प्रकाशित हुन पुग्यो ।
आफ्नै लय र तालमा आफ्नो जन्मभूमि दोलखा छोडेर पाटनकै बुलबुलैयामा जीवन बिताइरहेका पञ्चराज शाक्य बिभिन्न लेखहरु र श्रव्यदृश्यको प्रभावबाट ९ पुस्तादेखि दोलखामा बस्दै आउनु भएका र ९० सालको भूकम्प पछि मात्र दोलखा छोडेर पाटन आउनु भएका ओकुवहाल निवासी पञ्चराज शाक्य दोलखा सम्झिन पुगे र जीन्दगीको उत्तरार्धमा आफ्ना पुस्ताका सपरिवार सहित मच्छिन्द्रनाथको दर्शन गर्न दोलखा पुग्नुभयो । पञ्चराज शाक्यका पिताहरू दोलखाको तल्लो विहार्छे टोलको ड्वाकु पसलमा झ्यासः (सुनचाँदी) पसल राखेर बस्नु भएको थियो । पञ्चराज शाक्य ८ वर्षको हुँदा सो घर बेचेर उनका पिता पाटन गएका थिए ।
काठमाडौँ म्हेपीका शाक्यहरुले मछिन्द्रनाथको प्रचार प्रसार गरेका पछि, उहाँ ७० वर्षपछि दोलखा मच्छिन्द्रनाथको दर्शन गर्न दोलखा आउनुभयो । उहाँलाई के लागेछ भने आफू बच्चा हुदाँ देखेको मूर्ति खिएर सानो मूर्ति भएछ भन्ने लागेर ठूलै मूर्ति चढाउने मनसुवाले कालिन्चोक युवा क्लवसँग सम्पर्क गरि मच्छिन्द्रनाथको मर्मत सम्भार सुन्दरपूर्व गरिदिनुका साथै दुईफुट जति अग्लो मूर्ति पनि चढाउनु भयो । मौलिक रुपको त्यो सानो मच्छिन्द्रनाथको देउता पछि अर्पण गरेको ठूलो मूर्तिको कारण आझेलमा परेको प्रष्ट देखिन्छ ।
जे होस् उहाँको कारण आज दोलखामा प्रत्येक वर्ष पाँचदेखि सात हजारको बीचमा शाक्य र अरु सम्प्रदायका भक्तजनहरु ९ दिनसम्म मनाइने जात्रा हेर्न मुख्य दिन टसिचा टोलबाट माथिल्लो टोलको दृश्य मनमोहक र रोमाञ्चकारी हुन्छ । ठाडो उकालो बाटोमा त्यति ठूलो अग्लो रथ तान्नु आफैँमा चुनौतिपूर्ण छ । साथै रोमाञ्चकारी, मनमोहक र अदभूत पनि छ । जुन दृश्य हेर्न प्रत्येक बर्ष काठमाडौं उपत्यकाबाट दर्शनार्थीहरुको ओइरो नै लाग्दछ । यसलाई निर्देशन दिने अगुवाको अहम भूमिका हुन्छ ।
यसमा एउटा छुट्टै विशेषता भएको ठहर गर्नुहुन्छ, बौद्धधर्मका अध्येयता वसन्त महर्जन , महर्जन भन्नुहुन्छ, अब काठमाडौँको नेपालभाषा मात्र बोलेको सुन्नलाई अब यही दिन दोलखा पुग्नै पर्छ नत्र काठमाडौँको असन, इन्द्रचोक होस् कि पाटनको मङ्गलबजार होस् कि भक्तपुरको दरबार स्क्वायर होस् जहाँ भए पनि नेपालभाषालाई अरु भाषाले छोपिसकेको छ । त्यसैले शुद्ध नेपालभाषाको मात्रै बोलि सुनिने ठाउँ अब दोलखा मच्छिन्द्रनाथको जात्रामा मात्रै हो ।
द्वाल्खाको बुगदेउ र पाटनको वुङ्गद्यो दूधले स्नान गर्ने दिन एकै दिनमा हुन्छ । द्वाल्खामा यो जात्रा लगातार नौ दिनमा सम्पन्न हुन्छ । त्यसपछि पाटनको वुङ्गद्यो (मच्छिन्द्रनाथ) केहि समयपछि मात्र रथ तान्ने जात्रा सुरु हुन्छ । यसबाट के प्रष्ट हुन्छ भने दोलखाको मछिन्द्रनाथ पाटनको भन्दा पुरानो हो किनकि त्यस प्रथालाई सञ्चालन गर्नलाई आवश्यक कालिगढ, गुभाजु द्वाल्खामा सम्पन्न गरेर मात्रै पाटन गएको ठहरिन्छ ।
पाटनको वुङ्गद्यो (मच्छिन्द्रनाथ) आसामबाट ल्याइएको प्रष्ट छ । यसमा पनि मेरो भनाई आसामबाट दोलखा भएर नै गएको ठहरिन्छ । त्यसैले उक्त जात्रा दोलखामा शुरु भएको हो । त्यसताका दोलखा र पाटन बीच अत्यन्त मित्रवत सम्वन्ध रहेकोले यस महत्वपूर्ण करुणामाईलाई पाटनमा लगि जात्रा सञ्चालन गरेको र पछि अन्यत्र नेवार वस्तिमा यो यात्रा शुरु गरिएको हो भन्ने स्पष्ट हुन आउँछ ।
यति महत्वपूर्ण र पौराणिक नभएको भए भीमसेन देवतामा जस्तै काठमाडौँ, भक्तपुर, पाटनका राजामहाराहरुले विभिन्न गहनाहरु चढाउँदैन थिए ।
काठमाडौँको मच्छिन्द्रनाथलाई सेतो मच्छिन्द्र, पाटन ललितपुरको मच्छिन्द्रनाथलाई रातो मछिन्द्र भनिन्छ । पाटन ललितपुरको मच्छिन्द्रनाथलाई ‘वुङ्गद्यो’ भन्न पनि बिर्सिसके । अब त दोलखाको मछिन्द्रलाई पनि रातो मच्छिन्द्र भन्न थाले । पाटनको मच्छिन्द्रलाई वुङ्गद्यो भन्नुको सट्टा रातो मच्छिन्द्र भनेकोमा मैले स्थानीय सरोकारवालाहरुसँग जिज्ञासा राखें कि के नेवारी भाषामा पनि ह्याङ्गु मच्छिन्द्र भनिन्छ ? जवाफमा भनिँदैन भने । त्यसो भए रातो मच्छिन्द्र भन्दा तपाईंहरुले किन स्वीकार्नु हुन्छ ? यसको जवाफ उहाँहरुसँग छैन । त्यस्तै दोलखाको मच्छिन्द्रलाई पनि पाटनबाट ल्याइएको प्रतिरुप भनेर रातो मच्छिन्द्र भन्न लागिपरेका छन् ।
विभिन्न कोणबाट हेर्दा मैले उठाएको दोलखा काठमाडौं उपत्यका भन्दा मौलिक, पृथक र महत्वपूर्ण अस्तित्व भएको भनाइलाई कुना पार्न खोजिएको त हैन ? त्यसैले मैले स्थानीयहरुलाई अनुरोध गर्दै बुगदेउ नै यसको अस्तित्वको नाम हो । रातो मच्छिन्द्र भन्नु पर्दैन र भन्नु पनि हुदँैन । दोलखा र अन्य स्थानको चार ओटा मच्छिन्द्रनाथ बीच के सम्बन्ध छ ? वृहत्त अध्ययन अनुसन्धान गर्नुपर्छ भन्ने ठहर्छ । स्मरण रहोस् दोलखा मच्छिन्द्र २०३९ सालदेखि लापिलाङ गुठीको जग्गाबाट आयस्था आउन बन्द भए पछि, १४ वर्षसम्म रथ बनाई तान्ने प्रचलनमा समस्या आएपछि यति बैभव र सम्पन्नता भएको दोलखामा मच्छिन्द्रनाथलाई खटमा बोक्ने निरस परम्परा शुरु भयो ।
यो निरस यात्रालाई १४ वर्षपछि कालिञ्चोक युवा क्लवका तात्कालीन अध्यक्ष प्रकाश श्रेष्ठको सक्रियतामा पुनः रथ तान्ने प्रचलन सुरु भयो । जसबाट दोलखामा एउटै छुट्टै अध्यायको शुरु भयो । जसको बयान जति गरे पनि पुग्दैन । जसका कारण उहाँलाई धन्यवाद टक्र्याउन हामीले कन्चुस्याइ गर्नु हुदैँछ । मच्छिन्द्रनाथ रथ यात्रासँग थामी सम्प्रदायको विशेष महत्व थियो । यसलाई चाहिने डोरी, वनमाला आदि सबै लापिलाङबाट आपूर्ति गरिन्थ्यो । राजनीति परिवर्तनपछि यस्ता सांस्कृतिक सम्पदाको यथोचित सम्बद्र्धन गरी सम्पन्न गराउनु पर्नेमा आफ्नो व्यक्तिगत स्वार्थ, राजनीकि स्वार्थका कारण यस्ता पुनीत कार्यहरु लोप गरी सम्पन्नको सट्टा विपन्न बनाइएको प्रष्ट देखिन्छ ।
जसरी मच्छिन्द्रनाथको जात्राले दोलखाका सास्कृतिक र ऐतिहासिक बैभवलाई जुन उचाइमा पु¥याएको छ । त्यस बैभवको उचाइलाई निरन्तरता दिन ताइवानदेखि दोलखाको मञ्जुश्रीको अध्ययन र अनुसन्धान गर्न ताइवानी टोली दोलखा आउन लागेका छन् । त्यसै गरि दोलखाका विभिन्न ऐतिहासिक र सांस्कृतिक बिषयमा अध्ययन र अनुसन्धान गर्न देश लगायत बिदेशबाट धेरै अनुसन्धनमा अध्येयता दोलखा आउने क्रम जारी छ । ईतिहास शिरोमणी बाबुराम आचार्यले भने झै जवसम्म दोलखाको ईतिहास पुरा हुदैँन तब सम्म नेपालको ईतिहास पुरा हुदैँन या अपुरो हुन्छ । जुन कुरा आज प्रमाणित हुदैँछ , दोलखा अभियन्ता शान्तकृष्ण श्रेष्ठको अध्ययन अनुसन्धान र गहिरो चिन्तन र प्रयत्नबाट ।
वि.सं.२०७९ चैत २४ शुक्रवार ००:१०