back

रातो मच्छिन्द्रनाथको रथ प्रतिकात्मक रुपमा तानिँदै

1.88K
shares
sivam siment- long add

काठमाडौँ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर ललितपुरमा रातो मच्छिन्द्रनाथको रथलाई प्रतिकात्मक रुपमा केही दुरीसम्म मात्र तानिने भएको छ । मच्छिन्द्रनाथलाई रथारोहण गरेको चौथौं दिनमा रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्‍याइने परम्परा भए पनि आज रथलाई पुल्चोकको सोह्रखुट्टेपाटीसम्म मात्र तानिन लागेको हो ।

यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगालमा निमार्णाधीन रथमा रथारोहण गरिनेछ र मीननाथको रथलाई पनि प्रतिकात्मक रुपमा केही परसम्म मात्र तानिनेछ ।

यसवर्ष कोरोना संक्रमणका कारण जात्रालाई छोट्याउने निर्णय भएअनुसार नरिवल खसाल्ने, भोटो जात्रा नहुने भएको छ । रातो मच्छिन्द्रनाथलाई जेठ ५ गते बुंगमती फर्काउने साइत रहेकाे छ । यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ । तर आज बिहान ६ बजेदेखि राति १० बजेसम्म एकैठाउँमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखि पाँच गते राति १० बजेसम्म रातो मच्छिन्द्रनाथको रथ रहेको आसपास क्षेत्र पूर्वमा–मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा–श्री रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिमतर्फको वारुण यन्त्र रहेको स्थान, दक्षिणमा–सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड), उत्तरमा–लबिम मल पश्चिमपट्टिको सडकमा भेला नहुन भनेको छ ।

त्यसैगरी मीननाथको रथ रहेको आसपास क्षेत्र पूर्व–गणेशस्थान मन्दिर, पश्चिम–टवहाल चोक, दक्षिण–ईति चोक र उत्तर–टंगल र चक्रवहिली गल्ली रहेको क्षेत्रमा समेत निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...