back

राजधानीमा इद मुबारक मनाइदै

काठमाडौँ । काट मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बुधबार मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदले जनाएको छ । यसदिनदिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । तर, कोभिड-१९ कारण यस पटक पनि घरमा नै नमाज पढ्न आग्रह गरेबमोजिम मस्जिद वा इदगाह सुनसान देखिएको छ ।

काठमाडौँको  दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरे पनि कोभिडको जोखिम रहेकाले घरमै बसेर सुरक्षितरुपमा मनाउन मुस्लिम आयोगले आग्रह गरेको हो । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको बताइन्छ । सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक विदा दिएको छ ।


धादिङमा जोनसन एण्ड जोनसन खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु

धादिङमा जोनसन एण्ड जोनसन खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:०८

काठमाडौँ । धादिङमा कोभिडविरुद्धको जोनसन एण्ड जोनसनको 'जान्सिन' खोप...

सरकार सञ्चालन कार्यदल बैठक बालुवाटारमा

सरकार सञ्चालन कार्यदल बैठक बालुवाटारमा

वि.सं.२०७८ साउन ८ शुक्रवार १८:३२

काठमाडौँ ।   सरकार सञ्चालनका लागि सहजीकरणका लागि गठित...

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

वि.सं.२०७८ साउन ७ बिहीवार २२:१२

काठमाडौँ ।  एसियाली विकास बैंक (एडीबी) ले कोभिड–१९ विरुद्धको...

प्रकाश सपूत र सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

प्रकाश सपूत र सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

वि.सं.२०७८ साउन ७ बिहीवार २१:४१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...

निस्वार्थ समाजसेवा गर्दै, दाताहरुको मन जित्दै सामाजिक अभियन्ता शेरचन

निस्वार्थ समाजसेवा गर्दै, दाताहरुको मन जित्दै सामाजिक अभियन्ता शेरचन

वि.सं.२०७८ साउन ७ बिहीवार २१:१२

काठमाडौँ । सामाजिक अभियन्ता अनुउर्मिला शेरचनले निस्वार्थ समाजसेवा गर्दै...

दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

वि.सं.२०७८ साउन ६ बुधवार २३:०८

दोलखा । ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो...