back

असोज १ गते देखि पशुपति मन्दिर पुर्ण रुपमा खुल्ला गरिने

sivam siment- long add

काठमाडौँ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर असोज १ गतेदेखि खुल्ने भएको छ । साढे चार महिनापछि मन्दिर खुल्न लागेको हो । पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य मापदण्ड पूरा गरी भक्तजनका लागि मन्दिर खोल्ने निर्णय गरेको हो ।

कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले असोज १ गतेदेखि मन्दिर खोल्न लागेको जानकारी दिए । उनले अन्नपूर्णसँग भने, ‘कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर असोज १ गतेदेखि खोल्ने निर्णय गरेका छौँ ।’ मन्दिरमा हुँदै आएका विशेष पूजा पनि खुल्ला गरिने डा. थापाले जानकारी दिए ।

कोषमा आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रशासन र प्रहरीसँगको समन्वयमा सुरक्षित तरिकाले व्यवस्थित रूपमा भक्तजनलाई मन्दिरमा दर्शन र पूजाआजा गर्ने व्यवस्था कोषले मिलाउने भएको हो ।

विश्वव्यापी कोरोना महामारीका कारण २०७६ चैत्र ११ गतेदेखि सरकारले लकडाउन गरेपछि पशुपतिनाथ मन्दिर पनि बन्द गरिएको थियो । कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले लकडाउनले बन्द भएको मन्दिर नौ महिनापछि २०७७ पुस १ गतेदेखि २०७८ वैशाख १५ गतेसम्म खुलेको जानकारी दिए । पुनः साढे चार महिनापछि पशुपतिनाथ मन्दिर खुल्ला हुन लागेको जानकारी दिँदै उनले भने, ‘भक्तजनले पनि स्वास्थ्य मापदण्ड पालनामा जिम्मेवार हुनुपर्नेछ, तीज र पञ्चमीको समयमा खोल्न पाएनौँ ।’

ime pay- long

ime pay- long
हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:१५

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन...

इजरायल राेजगारी : भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

इजरायल राेजगारी : भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:३०

काठमाडौं । इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी...

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा नयाँ नोट लिन...

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:१८

तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज...

त्रिभुवन विमानस्थलबाट तिन किलो बढी सुनसहित २ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट तिन किलो बढी सुनसहित २ जना पक्राउ

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:०८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले तिन किलो बढी...

असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

वि.सं.२०७८ भदौ २९ मंगलवार १४:४२

काठमाडौं । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक...