back

दोलखा भीमेश्वर मन्दिर भदौ २८ गते देखि सम्पूर्ण दर्शनार्थीहरुका लागि खुल्ला गरिने

4.09K
shares
sivam siment- long add

महेन्द्र श्रेष्ठ, दोलखा । दोलखा भीमेश्वर मन्दिर भदौ २८ गते देखि सम्पूर्ण दर्शनार्थीहरुका लागि खुल्ला गरिने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका दोलखा भीमेश्वरको मन्दिर सोमबारदेखि दर्शनार्थीका लागि खुला गरिने भएको हो।

जिल्लामा शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठन पाठनका क्रियाकलाप तथा राजनितिक सभा सम्मेलन भईरहेको अवस्थामा धार्मिकस्थल बन्द गर्नु उचित नदेखिएको दर्शनार्थीको गुनासोको आधारमा मन्दिर खोल्न अनौपचारिक सहमति दिईएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । धार्मिकस्थल खुलेसँगै पर्यटकहरुको आवागमनले दोलखाको आर्थिक गतिविधिमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई छ ।

स्थानीय प्रशासनले अनुमति दिएपछि भाद्र २८ गते सोमबारदेखि सम्पूर्ण दर्शनार्थीको लागि मन्दिर खुला गरिएको भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो ।

आईतबारदेखि जिल्लाका सबै शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन शुरु भएको छ भने पछिल्ला दिनहरुमा ठूलो संख्यामा मानिसहरुको जमघटसहित राजनितिक सभा सम्मेलन भईरहेका छन् ।

धार्मिकस्थलहरुमा हुने भिडभाडका कारण कोरोना संक्रमण जोखिम बढेपछि जिल्लाका धेरैजसो मठ मन्दिर गत बैशाख महिनादेखि बन्द रहेको थियो ।

ime pay- long

ime pay- long
मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

वि.सं.२०८० साउन २९ सोमवार २१:३३

कीर्तिपुर। कीर्तिपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जय...

मिस नेवा: बाट नेवारी भोजको आयोजना सम्पन्न

मिस नेवा: बाट नेवारी भोजको आयोजना सम्पन्न

वि.सं.२०८० साउन २७ शनिवार २१:३४

काठमाडौँ। नेप्लिज फेशन होमको आयोजनामा मिस नेवा: ११४३ बाट...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

वि.सं.२०८० साउन २१ आइतवार ११:३६

काठमाडौँ । मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न...

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

वि.सं.२०८० साउन ६ शनिवार २०:५१

काठमाडौँ । दोलखा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित लामाबगर रोल्वालिङ...