श्री हरसिद्धि भवानीको १२ बर्षे मेला आयोजक समितिको पत्रकार सम्मेलन
shares

काठमाडौँ । एक शताब्दी पछि ललितपुरको पौराणिक श्री हरसिद्धी भवानीको १२ वर्षे नाच यस वर्ष यही चैत्र २१ गतेदेखि २४ गतेसम्म दोलखामा नचाइने भएको छ । आज काठमाडौँको ज्ञानेश्वर स्थित एटिक बार तथा रेष्टुरेण्टमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा दोलखाको ऐतिहासिक बिषयमा सांस्कृतिक अभियन्ता शान्तकृष्ण श्रेष्ठले आफनो धारणा राख्नु भएको थियो । अभियन्ता श्रेष्ठ श्री हरसिद्धी जात्रा मुल समारोह समितिका संयोजक समेत हुनुहुन्छ । यसै गरि श्रीहरसिद्धि १२ बर्षे जात्राका वारेमा ललितपुर निवासी राजेश महर्जनले प्रष्ट पार्नुभएको थियो ।
पत्रकार सम्मेलन अधिवक्ता तथा जात्रा उपत्यका संयोजक प्रवीण प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संयोजक प्रधानले पत्रकार तथा सहभागि सबैलाई धन्यवाद तथा आभार प्रकट गर्नु भयो ।
पत्रकार सम्मेलनमा पत्रकार लगायत दोलखाका सामाजिक ब्यतित्वका साथै सम्पदा तथा संस्कृतिप्रेमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
वि.सं.२०७८ चैत ५ शनिवार २१:४२